शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दशैंभर मनसुनी वायुको प्रभाव, असोज १७ देखि वर्षा तीव्र हुने सम्भावना

बिहिबार, असोज १६ २०८२

काठमाडौं । दशैंको अवधिभर नेपालमा मनसुनी वायुको प्रभाव रहने र विशेषगरी असोज १७ गतेदेखि मनसुन सक्रिय हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको दशैं अवधिमा बाढी, पहिरो तथा यातायात अवरुद्ध हुने जोखिम रहने भएकाले सतर्कता आवश्यक छ।

मनसुन सक्रिय हुने कारण

हाल नेपालमा मनसुनी वायु केही कमजोर रहे पनि बंगालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दै छ। यस प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावा प्रवेश गर्ने भएकाले वर्षा तीव्र हुने महाशाखाले जनाएको छ।

प्रदेशगत पूर्वानुमान

असोज १७ (एकादशी)
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा। यी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना।

असोज १८ -द्वादशी 
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा। साथै केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र १–२ स्थानमा अति भारी वर्षा हुने सम्भावना।

महाशाखाको चेतावनी

दशैं अवधिभर मनसुनी गतिविधि सक्रिय हुने भएकाले भूक्षय, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्नेछ। साथै सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकोले नागरिकलाई निरन्तर मौसम जानकारी लिन र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।