शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही हुने : मन्त्री घिसिङ

बुधबार, असोज १५ २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत भाडादरभन्दा बढी रकम असुल गर्ने तथा टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन् ।

चाडबाडको समयमा यात्रुबाट बढी भाडादर असुलिएको र टिकटमा कालोबजारी भएको गुनासा बढेको जनाउँदै मन्त्री घिसिङले यस्ता गैरकानुनी गतिविधि तुरुन्तै रोक्न आग्रह गरे ।

उनले भने, “देशको हालको परिस्थितिमा सबै पक्ष जिम्मेवार बन्नु आवश्यक छ । यात्रुलाई अनावश्यक दुःख दिई चाडबाडलाई नाफा कमाउने साधनको रूपमा प्रयोग नगर्नुहोस् । स्वीकृत भाडादरभन्दा बढी असुल नगर्नुहोस् र टिकटमा कालोबजारी नगर्नुहोस् ।”

यस्ता कार्यमा संलग्न व्यवसायी भेटिएमा स्थानीय प्रशासन र सुरक्षा निकायमार्फत तुरुन्त कारबाही हुने उनको भनाइ छ ।