शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुलुकलाई सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता : पूर्वअध्यक्ष रेग्मी

बुधबार, असोज १५ २०८२

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमी २०८२ का अवसरमा नेपालीहरूलाई शान्ति, प्रगति र समृद्धिका लागि शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमार्फत उनले दसैँलाई राष्ट्रिय चाडको रूपमा मनाउँदै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । उनले भड्किलो प्रतिस्पर्धा नगरी आ–आफ्नो गच्छेअनुसार पर्व मनाउन अनुरोध गर्दै, “दसैँ राग–द्वेष बिर्सेर आपसी प्रेम, सद्भाव र भ्रातृत्व बढाउने अवसर हो,” भनेका छन् ।

पूर्वअध्यक्ष रेग्मीले दसैँलाई आपसी शुभकामना आदान–प्रदान गर्ने, रमाउने र खुसी प्रकट गर्ने पर्वका रूपमा उल्लेख गरेका छन् ।

हालैको ‘जेनजी’ आन्दोलनका क्रममा भएको जनधनको क्षतिले मुलुक स्तब्ध भएको स्मरण गर्दै उनले नवीन आशा र विश्वासका साथ सहज वातावरण निर्माण गरी मुलुकलाई सही दिशातर्फ अघि बढाउन आवश्यक रहेको बताएका छन् ।