शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भीमसेनस्थान नजिक घरमा आगलागी, क्षतिको विवरण सङ्कलन हुँदै

सोमबार, असोज १३ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० स्थित भीमसेनस्थान नजिकको एक घरमा आज बिहान आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दका अनुसार बिहान करिब ४ बजे लागेको आगो नेपाली सेना, काठमाडौँ र ललितपुर महानगरपालिकाका ६ दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा ल्याइएको हो ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आए पनि क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी छ ।