बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ॐ अस्पताल र जनता बैंकबीच सम्झौता

बिहिबार, असार १९ २०७६

काठमाडौं असार, १९–
काठमाडौंको चावहिलमा रहेको ऊँ अस्पताल तथा रिसर्च सेन्टर र काठमाडौं थापाथलीस्थित जनता बैंक लिमिटेडले ग्राहक तथा कर्मचारीलाई उपचारमा सहुलियत सुबिधाकालागि साझेदारी गरेकाछन् । दुइ दशक अधिदेखी नेपाली स्वास्थ्य क्षेत्रमा स्तरिय उपचारका लागि चिर परिचित ॐ अस्पताल नेपालको निजि स्वास्थ्य उपचार सेवा प्रदायकहरुमध्ये स्थापित नाम हो ।
ॐ अस्पताल र जनता बैंकबीच भएको सहमति अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले डाक्टरसँगको कन्सल्टेशन ,औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र बिशेष प्याकेजहरु बाहेकका सेवामा १० प्रतिशत छुट पाउन सक्नेछन् । साझेदारी सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारीहरुले जनता बैंकको भिसा डेबिट कार्ड स्वाइप गरेर पनि उपलब्ध अफरको लाभ लिन सक्ने अस्पतालले जनाएको छ । 
‘वी केयर फर यु’ नारा सहित स्वास्थ्य उपचार सेवामा लामो समयदेखी समर्पित ॐ अस्पताल तथा रिसर्च सेन्टरले सुलभ मुल्यमा स्तरिय उपचारसेवा प्रदान गर्दै आइरहेको छ । सम्झौतापत्रमा ॐ अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्की तथा संचालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरी प्रसाद पाठकले तथा जनता बैंकका प्रबन्धकहरु सुरेश गौतम र महेन्द्र खतिवडाले हस्ताक्षर हस्ताक्षर गरेकाछन ।