शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्री घिसिङसँग अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट

बिहिबार, असोज ९ २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।

भेटमा राजदूत थम्पसनले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

साथै नेपाल–अमेरिका सम्बन्ध, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था र ‘जेनजी आन्दोलन’का क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री घिसिङले सरकारको प्राथमिकतामा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आगामी निर्वाचन र सुशासन सुनिश्चित गर्ने विषय प्रमुख रहेको बताए।

यस अवसरमा राजदूत थम्पसनले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने आश्वासन दिएका छन्।