काठमाडौं । काठमाडौं महानगरपालिकाको पहल र तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार बन्दैछ।
मेयर बालेन शाहको नेतृत्वमा अघि बढाइएको यो योजना हाल निर्माणको चरणमा पुगेको छ र करिब ५० प्रतिशत काम पूरा भइसकेको महानगरले जनाएको छ।
मेयर शाहले आफ्नो कार्यकालको सुरुदेखि नै काठमाडौंलाई युवामैत्री र सबैको लागि उपयुक्त सहर बनाउने लक्ष्यसहित यो परियोजना अघि बढाएका थिए। सम्पदा संरक्षणसँगै नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने उद्देश्यले स्केटबोर्ड पार्कको अवधारणा ल्याइएको हो।
सुरुवाती चरणमै बजेट विनियोजन भए पनि जग्गा व्यवस्थापनमा चुनौती सामना गर्नुपरेको थियो। काठमाडौं महानगर–१६ मा पार्क बनाउने योजना तत्कालीन वडा अध्यक्ष स्व. मुकुन्द रिजालको निधनपछि स्थगित भएको थियो। त्यसपछि अन्य वडामा पनि प्रयास गरिए तर नेपाल सरकारबाट जग्गा उपलब्ध नभएकाले योजना तीन पटकसम्म रोकिएको थियो।
अन्ततः काठमाडौं–५ का वडा अध्यक्ष बिरेन्द्र प्रजापति र स्थानीयको निरन्तर प्रयासमा १३ रोपनी सरकारी जग्गा सुरक्षित गरिँदै २०८१ साल वैशाख २९ गतेदेखि पार्क निर्माणको काम सुरु भएको हो।
यस पार्कलाई केवल स्केटबोर्ड खेल्ने ठाउँ मात्र नभई युवाहरूको संस्कृति, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा विकास गर्ने योजना छ।
पार्कका प्रमुख संरचना