बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने

बिहिबार, असोज ९ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बिहान ११ बजेबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने भएको छ। पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाका अनुसार बैठकका एजेन्डा बुधबार बसेको स्थायी कमिटी बैठकले तय गरिसकेको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव प्रस्तुत गर्नेछन्। ती प्रस्तावमाथि समूहगत छलफल गरिने र त्यसबाट निस्किएको निष्कर्ष बैठक हलमा प्रस्तुत गरिनेछ। त्यसपछि अध्यक्ष प्रचण्डले सदस्यहरूको प्रश्न वा सुझावमा प्रतिक्रिया दिने कार्यक्रम रहेको छ।

‘जेनजी’ आन्दोलनपछिको परिस्थितिलाई ध्यानमा राख्दै माओवादी केन्द्रले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। पदाधिकारी बैठकले गरेको सो निर्णयलाई केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेश गरिएको हो।

माओवादी केन्द्रको केन्द्रीय समिति ४०८ सदस्यीय रहेको छ।