बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

बुधबार, असोज ८ २०८२

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्तुत गरेका प्रस्तावहरू छलफल गरिने र त्यसपछि अनुमोदन प्रक्रियामा लैजाने तयारी छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। प्रस्तावअनुसार पार्टीका सबै संगठन तत्काल भंग गरिने र पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाइने छ।

स्थायी समितिबाट अनुमोदन भएमा यी प्रस्तावहरू केन्द्रीय समिति बैठकमा पेश गरिनेछ। केन्द्रीय समितिले निर्णय गरेपछि मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय औपचारिकता पाउनेछ। साथै, संगठन भंगसम्बन्धी निर्णय पनि केन्द्रीय समितिबाटै अनुमोदन हुनेछ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौँमा बस्ने तय भएको छ।