काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारमा परेका दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र चिकित्सकहरूको मूल्याङ्कनपछि डिस्चार्ज दिन लागिएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास सानेपा वा जावलाखेलमा हुने बताइएको छ।
सानेपामा डा राणाको माइती घर रहेको छ भने जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ। बूढानीलकण्ठमा क्षतिग्रस्त देउवाको घरको पुनःनिर्माणमा समय लाग्ने भएकाले अस्थायी बसोबास यही ठाउँमा तय हुने योजना बनाइएको छ।
प्रदर्शनकारीको आक्रमणका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियारले चोट लागेको र आठ वटा टाका लागेको थियो। डा राणाको पनि गर्धनमा चोट लागेका थिए। अहिले टाँका हटाइसकिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएकोले अस्पतालले डिस्चार्ज दिने तयारी गरेको स्रोतले जनाएको छ।