शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुर्गा प्रसाईँद्वारा वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलनको घोषणा

बुधबार, असोज ८ २०८२

काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलनमा प्रसाईँले दसैं, तिहार र छठपछि नेपालमा वैद्धिक सनातन हिन्दू राष्ट्र कायम नगरी आन्दोलन नरोकिने र त्यसको नेतृत्व आफूले गर्ने उद्घोष गरे।

उहाँले भने, “वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन गर्छौं। किरात र बौद्धलाई समेत समेटेर अधिराज्य घोषणा नगरी अब विश्राम लिन्न। कोठाभित्र बसेर स्टाटस लेख्ने होइन, सडकबाट आन्दोलन गर्छौं।”

अहिलेको सरकारले जेन-जीको सरकार नभएको प्रसाईँको दावी छ। उनले भनिन्, “जेन-जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्।”