शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

१० करोडको लागतमा काठमाडौँका १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरिने

बुधबार, असोज ८ २०८२

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजना अन्तर्गत हालसम्म १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरेको छ ।

करिब रु १० करोडको लागतमा ६२ वटा ‘हाई मास्ट लाइट’ जडान गर्ने योजनामा हालसम्म १२ वटा लाइट जडान भइसकेको र बाँकी पनि दसैँअघि जडान गरिसकिने महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए ।

महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क, नयाँबसपार्कमा दुईवटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ । नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार त्यहाँ तीनवटा जडान गर्ने योजना भए पनि हालसम्म दुईवटा मात्रै जडान भइसकेका छन् ।

यसअघि अघिल्लो कार्यकालमा राखिएका तर नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा परिवर्तन गरी सञ्चालनमा ल्याइएको छ ।

साथै, करिब रु ८५ करोडको लागतमा स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणमा पुगेको र सम्पन्न भएपछि काठमाडौँलाई उज्यालो महानगर बनाउन योगदान पुग्ने महानगर प्रमुख शाहको भनाइ छ ।