शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

टोपबहादुर रायमाझी कारागार फर्किए

मंगलबार, असोज ७ २०८२

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार बेलुका केन्द्रीय कारागार सुन्धारामा फर्किएका छन्।

जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ मा जेल तोडेर भागेका रायमाझीले आफैं कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा विगत दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा थिए।

जेल प्रशासनका अनुसार जेन–जी आन्दोलनको समयमा करिब ३ हजार ३ सय कैदी फरार भएका थिए। तीमध्ये कतिपयले आफैं कारागार फर्केका छन् भने केही अझै फरार छन्। पूर्व गृहसचिव टेकनारायण पाण्डे अहिलेसम्म फरार छन्।