शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कालिमाटी प्रहरी वृत्तमा आगजनी आरोपमा एक पक्राउ

मंगलबार, असोज ७ २०८२

काठमाडौँ । जेनजी प्रदर्शनमा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा ३८ वर्षीय सचिन खडका उर्फ गोल्डेनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार खडका भदौ २४ मा भएको प्रदर्शनको क्रममा थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित आगजनीको समूहको नेतृत्व गरेका थिए। उनीविरुद्ध आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ। पक्राउ परेका अन्य आरोपीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

काठमाडौँका अधिकांश प्रहरी युनिट र वडा कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गर्दा सामान्य कार्यालय सञ्चालन अवरुद्ध भएको छ।