काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बिहान सवा ९ बजेबाट जारी छ। बैठक जेएनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरु भएको हो।
बैठकमा ७ कार्यसूची रहेका छन्, जसमा समसामयिक अवस्था, प्रदेश बैठकका प्रतिवेदन, केन्द्रीय सदस्यहरूको धारणा, संगठन र विभागको छलफल, प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, ऐतिहासिक महाधिवेशन तथा विविध विषयहरू समावेश छन्।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ का लागि तोकिएको छ।