काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका महाधिवेशन प्रतिनिधिहरुले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको माग गरेका छन्।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विगतका गल्तीप्रति क्षमा मागी पार्टीलाई पुनर्जीवन दिने एउटै विकल्प विशेष महाधिवेशन भएको बताएका छन्।
प्रतिनिधिहरूले देशभर करिब १ हजार १ सय प्रतिनिधिसँग सम्पर्क भएको र छिटो प्रक्रिया अघि बढाउन दबाब दिएको बताएका छन्। उनीहरूका अनुसार पार्टीलाई अझ लोकतान्त्रिक, सुदृढ र सशक्त बनाउन विशेष महाधिवेशन अपरिहार्य छ।