शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डा. संगीता कौशल मिश्रामाथि विचौलियाहरूले निराधार आरोप लगाएको अमरेशकुमारकाे दाबी

सोमबार, असोज ६ २०८२

काठमाडौँ । पूर्व सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्री बन्न लागेकी डा. संगीता कौशल मिश्रामाथि केही थान विचौलियाहरूले निराधार आरोप लगाएको दाबी गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिँदै मिश्रालाई नियुक्तिका लागि सिफारिस गरेपछि केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा मिश्रामाथि विवादित समाचारहरू आएका थिए। त्यहाँ उनको नाममा आइख्तियार वा अन्य निकायले छानबिन गरिरहेको भनी रिपोर्ट गरिएको थियो।

पूर्व सांसद सिंहले फेसबुकमार्फत मिश्रालाई बदनाम गर्न तथाकथित आरोप लगाइएको र ती सबै आरोप निराधार भएको बताएका छन्। उनले मिश्राको पेशागत योग्यता र पारदर्शिता कायम राख्ने क्षमतामा विश्वास व्यक्त गर्दै उनलाई राजनीति वा सञ्चार माध्यमबाट हानि पुर्‍याउने प्रयास नगर्न आग्रह गरेका छन्।