शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारीमा संगीता कौशल मिश्र, सुशासन र जवाफदेहिता पहिलो प्राथमिकता

सोमबार, असोज ६ २०८२

काठमाडौँ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउन लागेकी संगीता कौशल मिश्रले आज पदभार ग्रहण गर्ने तयारी गरेकी छन्। मन्त्री पद सम्हालेपछि उनले सुशासन र जवाफदेहितालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन्।

मिश्रले स्वास्थ्य क्षेत्रमा देखिएका अनियमितता अन्त्य गर्दै मन्त्रालयदेखि तल्लो तहसम्म पारदर्शिता कायम गर्ने अठोट व्यक्त गरेकी छन्। उनले भनेकी छन्, “अस्पताल सुधार मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीमा पारदर्शिता र जवाफदेहिता स्थापित नगरी दीगो सुधार सम्भव छैन।”

संगीता कौशल मिश्र नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा कार्यरत महिलामध्ये एक विशेष उदाहरण हुन्। उनले महिला कोटा प्रयोग नगरी २०७० सालमा खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौँ तह (सहसचिव) प्रवेश गरी विशिष्ट श्रेणी (अतिरिक्त सचिव) पदसम्मको यात्रा तय गरेकी हुन्।

उनको नेतृत्वमा स्वास्थ्य सेवा विभागले एउटा महत्वपूर्ण पहल पनि अघि बढाएको थियो। २०८१ असार २८ मा करोडौँ रकम अनियमित ढंगले खर्च भएको संकेत पाएपछि उनले उपकरण वितरणलाई पारदर्शी बनाउन त्रिपक्षीय सम्झौता सुरु गरिन्। यसअन्तर्गत स्वास्थ्य सेवा विभाग, अस्पताल र उपकरण आपूर्ति गर्ने सप्लायर्सलाई समान रूपमा जिम्मेवार बनाइयो। सम्झौता अनुसार, वितरण भएको उपकरण एक महिनाभित्र सञ्चालनमा नआए फिर्ता गरेर अर्को आवश्यक स्थानमा पठाउने व्यवस्था लागू गरियो। यसअघि उपकरण मर्मतका नाममा व्यापारीहरूसँग ठूला रकमको सम्झौता भए पनि कार्यान्वयनमा लापरबाही हुँदै आएको थियो।

मिश्रको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर दीगो सुधार ल्याउने प्रयास हुने देखिन्छ।

सन् २०१७ मा मात्र मेडिलक्स सिस्टम्ससँग १५ करोड ७८ लाख, हस्पिटेक इन्टरप्राइजेजसँग २० करोड ७१ लाख, र लाइफ लाइन ट्रेड इन्टरनेशनलसँग १५ करोड ८३ लाखको सम्झौता भए पनि काम नगरी करोडौंको बिल बुझाइएकामा उनले कडाइ गरिन्।

त्यसरी मर्मतका नाममा हुँदै आएको करोडौंको चलखेललाई रोक्दै सप्लायर्सलाई प्रत्यक्ष जिम्मेवार बनाउन उनले महत्वपूर्ण कदम चालेकी थिइन्।

सबैभन्दा सिनियर रहेकी संगीता पार्टीको कार्यकर्ता नभएकै कारण तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिव बनाउनबाट रोकेका थिए । एक नम्बरमा सिफारिस भएकी संगीताले सचिव नबनाएपछि आफू अन्यायमा परेको भन्दै केही महिना बिदामा बसेकी थिइन्। अहिले पनि मिश्रलाई मन्त्री बन्न बाट रोक्न उनका विरुद्धमा जथाभावी समाचारहरू लेखाउन थालेका छन्।

खुला प्रतिस्पर्धाबाट स्वास्थ्य मन्त्रालयको नेतृत्वसम्म

नामजस्तै खुलाबाट ‘कौशल’ देखाउँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेकी डा. संगीता कौशल मिश्रले आफ्नो कार्यक्षमता र पारदर्शितालाई उदाहरण बनाएकी छन्।

तराई–मधेसको कठिन अध्ययन र लोक सेवामा कुनै विशेष कोटा प्रयोग नगरी खुला प्रतिस्पर्धाबाट अघि बढ्न पाउनु महिला नेतृत्वका लागि चुनौतीपूर्ण कुरा हो। संगीताले स्वास्थ्य सेवा क्षेत्रका अनियमितता हटाउँदै पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले भनेकी छन्, “सीमित जिम्मेवारी मात्र होइन अब नीतिगत तहको सुधारमा ध्यान दिनुपर्छ। कसैसँग दुष्भाव नराखी सहकार्य र हातेमालो गर्दै अघि बढ्नेछु।”

नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा कार्यरत महिलामध्ये संगीताले मात्र खुला प्रतिस्पर्धाबाट सहसचिवदेखि अतिरिक्त सचिवसम्मको यात्रा तय गरेकी हुन्। उनको योग्यतालाई प्रधानमन्त्री सुशीला कार्कीले पनि पहिचान गरेकी छिन्।

उनको नेतृत्वमा २०८१ असार २८ मा स्वास्थ्य उपकरण वितरण पारदर्शी बनाउन त्रिपक्षीय सम्झौता सुरु गरिएको थियो। यसअन्तर्गत विभाग, अस्पताल र सप्लायर्स सबै जिम्मेवार बनाइएका थिए। वितरण नभए उपकरण फिर्ता गरेर आवश्यक स्थानमा पठाउने व्यवस्था गरिएको थियो।

सन् २०१७ मा मेडिलक्स सिस्टम्स, हस्पिटेक इन्टरप्राइजेज र लाइफ लाइन ट्रेड इन्टरनेशनलसँग भएको करोडौंको सम्झौता कार्यान्वयन नगरी बिल बुझाइएकोमा उनले कडाइ गर्दै सप्लायर्सलाई प्रत्यक्ष जिम्मेवार बनाइन्।

संगीताले कुनै दल विशेषको चाकरी नगरी कामको पारदर्शितामा सक्रिय रहिनु, उनलाई दलीयरणको चरम परिस्थितिमा पनि चुनौतीपूर्ण स्थिति सामना गर्न बाध्य बनायो। यसकारण, उनलाई केही समय बिदा लिनुपरेको र मन्त्री बन्ने बाटोमा रोकावट आयो।

तर सत्य र कौशलता छोप्न सकिँदैन। प्रायोजित अफवाह र हल्लाले पनि संगीताको नेतृत्व क्षमता र पारदर्शितामा कुनै असर पार्न सक्दैन भन्ने विश्वास गरिएको छ।

डाक्टर संगीता कौशल मिश्रको यात्रा खुलेर प्रतिस्पर्धा, पारदर्शिता र जवाफदेहितामाथि आधारित उदाहरण बन्ने गरी स्वास्थ्य क्षेत्रमा नेतृत्वको नयाँ मार्गनिर्देशनको रूपमा हेरिएको छ।