बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिरोले आज यी राजमार्ग अवरुद्ध

सोमबार, असोज ६ २०८२

काठमाडौँ । दशैँको पर्व सुरु भइसके पनि वर्षा नराेकिएसँगै देशभरका सडक यात्रा प्रभावित भएका छन्। पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अप्ठेरोमा परेका छन्।

आज बिहान ९ बजेसम्मको विवरण अनुसार देशका ५ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी सञ्चालनमा आएका छन्।

प्रहरीका अनुसार: कोशी राजमार्ग अन्तर्गत संखुवासभा, भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्णरूपमा अवरुद्ध छ। यस्तै रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुल बाढीले पूर्णरूपमा बन्द भएको छ। पासाङ ल्हामु राजमार्गअन्तर्गत गोसाइकुण्ड–२ कै बालुवाखानी सडक पनि पूर्णरूपमा अवरुद्ध छ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडक पूर्णरूपमा बन्द भएको छ।

अवरुद्ध सडकहरू खोल्न सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ।

त्यसैगरी, मुग्लिन–नारायणगढ सडक पनि लामो प्रयासपछि एकतर्फी सञ्चालनमा आएको छ।