काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे शीतल निवासमा हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथका लागि दिउँसो २ बजेको समय तोकेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।
तर संगीता कौशल मिश्राको नाममा प्रश्न उठेपछि उनको आज शपथ हुने वा नहुने विषय अझै निश्चित नभएको शीतल निवास स्रोतले जनाएको छ ।