बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दशैंमा सार्वजनिक सवारी नागढुंगा सुरुङमार्ग हुँदै जान दिने

आइतबार, असोज ५ २०८२

काठमाडौं । दशैंलाई लक्षित गरी सरकारले काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीसाधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न दिने भएको छ।

शनिबार ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सुरुङमार्गलाई परीक्षणका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्री घिसिङले निर्माण कम्पनीले सुरक्षाका कारण तत्काल सञ्चालन गर्न सकिँदैन भने पनि दशैंअघि परीक्षणको रूपमा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्देशन दिएको जानकारी दिए। दशैंपछि भने सुरुङ प्रवेशमा रोक लगाइनेछ।