काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितीले न्यौपानेको राजीनामो स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको हो ।
बैंकका अनुसार न्यौपानेले दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो । उनले पारिवारिक कारण देखाउँदै बैंकको सीईओबाट राजीनामा दिएका हुन् । न्यौपाने बैंकमा पहिलो कार्यकलको चार वर्ष पुरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए । दोस्रो कार्यकाल सकिन केही समय बाँकी रहेकै अवस्थामा प्रमुख कार्यकारी न्यौपानेले राजीनामा दिएका हुन ।