शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ऊर्जामन्त्री घिसिङद्वारा कार्यकारी निर्देशक शाक्यलाई बाटो खुला गर्न आग्रह

बिहिबार, असोज २ २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ‘अब बाटो खुला गरिदिन’ आग्रह गरेका छन् ।

उनको यो भनाइलाई शाक्यलाई प्राधिकरणको नेतृत्वबाट हटाउने संकेतका रूपमा बुझिएको छ । घिसिङको आग्रहलाई वेवास्ता गरिएमा हितेन्द्रलाई ‘फायर’ गर्ने तयारी भएको अड्कल गरिएको छ ।

मन्त्री घिसिङले सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नुपर्ने भन्दै त्यसपछि मात्र विकल्प सोचिने बताएका छन् । आन्दोलनका क्रममा शाक्यको पनि घर आगजनी भएको छ ।