काठमाडौँ । राजधानीको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।
बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१–००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा पैदल हिँडिरहेका वृद्धलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मृत्यु हुनेमा संखुवासभा घर भई बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर रहेका छन् ।
उनको शवलाई सेना र प्रहरीले घेरेर घटनास्थलमै राखिएको छ । कानुनी प्रक्रिया पूरा भएपछि शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।