शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेन–जी आन्दोलनका शहीदप्रति राष्ट्रिय शोक

बुधबार, असोज १ २०८२

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा नेपालभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

बुधवार सिंहदरबारसहित सरकारी कार्यालय र कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको हो। सरकारले शोक व्यक्त गर्न आजलाई सार्वजनिक विदा समेत दिएको छ।

यसअघि सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो। सरकारले जेन–जी आन्दोलनका मृतकहरूलाई शहीदको दर्जा पनि दिइसकेको छ।