बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिंहदरबार जलाउनेलाई छुट दिन सकिँदैन : नारायणकाजी श्रेष्ठ

मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं  । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्ता राष्ट्रको प्रतीक संस्थामा आगजनी गर्नेहरूलाई कुनै हालतमा छुट दिन नसकिने बताएका छन्।

पार्टी कार्यालय सरसफाईको क्रममा बोल्दै उनले भने, “सबै ध्वस्त हुनेगरी जलाइएको छ, कतिपय सामान लुटिएको छ। पार्टी कार्यालयको मात्र कुरा होइन, राष्ट्रको प्रतीक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ।”

श्रेष्ठले माओवादी पार्टी अब जेनजी आन्दोलनसँग मिलेर आन्दोलनका उपलब्धिहरू सफल पार्ने योजना पनि बनाइरहेको बताए। उनले भने, “हामीले जे संकल्प गरेका थियौँ, त्यसैअनुसार पार्टीलाई रुपान्तरण र पुनर्गठन गर्दै लक्ष्यमा पुग्नेछौँ। जेनजीको मुद्दासँग मिलेर आन्दोलनका उपलब्धिहरू सफल पार्न हामी अगाडि बढ्छौँ। हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरी उठ्छौँ।”