बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिंहदरबारभित्रै जलाइए एक हजार बढी सवारी साधन

मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं । गत भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा गरी ४४१ वटा साना ठूला सवारी साधनमा आगजनी तथा तोडफोड भएको पाइएको छ।

त्यस्तै ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी र तोडफोड भएको प्रारम्भिक तथ्यांक सरकारी कार्यालय र गोरखापत्रले गरेको अवलोकनबाट देखिएको छ।

सरकारी कार्यालयहरूको प्रारम्भिक तथ्यांकानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४७ साना–ठूला सवारी र ७४ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ।

कुल क्षति (प्रारम्भिक तथ्यांक)

चारपाङ्ग्रे/ठूला–साना सवारीसाधन : ४४१

दुईपाङ्ग्रे (मोटरसाइकल/स्कुटर) : ६०१

मन्त्रालय तथा निकाय विवरण

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

४७ चारपाङ्ग्रे

७४ दुईपाङ्ग्रे

अर्थ मन्त्रालय

३६ चारपाङ्ग्रे

५४ दुईपाङ्ग्रे

गृहमन्त्रालय

२५ चारपाङ्ग्रे

३० दुईपाङ्ग्रे

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

९ चारपाङ्ग्रे

३९ दुईपाङ्ग्रे

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

३२ साना गाडी

२ ठूला बस

३९ दुईपाङ्ग्रे

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

२६ चारपाङ्ग्रे

४७ दुईपाङ्ग्रे

युवा तथा खेलकुद मन्त्रालय

१९ चारपाङ्ग्रे

२३ दुईपाङ्ग्रे

संघीय संसद्

१८ चारपाङ्ग्रे

३६ दुईपाङ्ग्रे

वन तथा वातावरण मन्त्रालय

१७ चारपाङ्ग्रे

१० दुईपाङ्ग्रे

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

९ दुईपाङ्ग्रे

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)

१८ चारपाङ्ग्रे

३९ दुईपाङ्ग्रे

सर्वोच्च अदालत

५१ सवारी (विवरण अपुष्ट)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

२२ चारपाङ्ग्रे

१४ दुईपाङ्ग्रे

सहरी विकास तथा भवन निर्माण विभाग

५० चारपाङ्ग्रे

२००+ दुईपाङ्ग्रे

सडक विभाग

६५ चारपाङ्ग्रे

मोटरसाइकल संख्या गन्नै नसक्ने

महान्यायाधिवक्ता कार्यालय

२ चारपाङ्ग्रे

१ बस