शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ऊर्जामन्त्री कुलमान आन्दोलनमा घाइतेहरूको अवस्था बुझ्न टिचिङ अस्पतालमा

सोमबार, भाद्र ३० २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्न टिचिङ अस्पताल पुगेका छन्।

पदभार ग्रहण गर्नु अघि मन्त्री घिसिङ घाइते भेट्न अस्पताल पुगेका हुन्। उनलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

हिजो प्रधानमन्त्री सुशीला कार्कीले उनको नियुक्ति गरेकी थिइन्। शपथ ग्रहण लगत्तै उनी घाइते भेट्न हिँडेका हुन्। शपथपछि मन्त्री घिसिङले अब देश नयाँ दिशातर्फ अघि बढ्ने र नयाँ रूप लिने विश्वास व्यक्त गरेका छन्।