शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

तीन मन्त्रीको नाम टुंगियो, आज शपथ

सोमबार, भाद्र ३० २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रीपरिषद् विस्तार गर्न लागेकी छन् । आइतबार जिम्मेवारी सम्हालेकी उनले सोमबार तीन मन्त्री थप्ने तयारी गरेकी हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, गृह तथा कानुन मन्त्रालयमा अधिवक्ता ओमप्रकाश अर्याल र अर्थ मन्त्रालयमा पूर्वअर्थसचिव रामेश्वर खनाललाई नियुक्त गर्ने निर्णय भएको छ । प्रधानमन्त्री कार्कीले यी नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् र राष्ट्रपति रामचन्द्र पौडेलले आजै शपथ ग्रहण गराउने तयारी गरेका छन् ।

गत हप्ताको जेनजी आन्दोलनका क्रममा देशभर भड्किएको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछिको राजनीतिक सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न शुक्रबार नियुक्त गरिएको हो ।