काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका युवा पुस्ताको सोचअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानताको माग पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने बताइन्।
कार्कीले २७ घण्टा चलेको आन्दोलनले मुलुकमा अभूतपूर्व कायापलट गरेको उल्लेख गर्दै त्यसको मूल्यांकन पछि आगामी कार्ययोजना तय गरिएको जानकारी दिइन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारहरूसँग भेटेर उनीहरूको पीडालाई सम्बोधन गर्ने आश्वासन पनि दिएकी छन्।