शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

आइतबार, भाद्र २९ २०८२

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्।

रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन्, “अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छाडेँ।”

निकट स्रोतका अनुसार सुमना अहिले अर्को पार्टी ज्वाइन गर्ने वा नयाँ सरकारमा मन्त्री बन्ने तयारीमा छैनन्। उनी केही महिना अघि सहमहामन्त्री पद त्यागेकी थिइन् र प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा उपस्थित भए पनि मन्त्री बन्ने संकेत नगरेकी छन्।