बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चीनद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई, सहकार्यको प्रतिबद्धता

आइतबार, भाद्र २९ २०८२

काठमाडौं  । चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई दिएको छ। साथै दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने उल्लेख गरेको छ। दूतावासले भनेको छ, “हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ।”