काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार ती शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्। डीएनए परीक्षणपछि मात्र पहिचान हुने बताइएको छ।
भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि उक्त कंकाल भेटिएको हो। सो दिनको आन्दोलनमा काठमाडौंसहित विभिन्न जिल्लामा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।
त्यसपछिको हिंसात्मक घटनामा अहिलेसम्म मृत्यु हुने संख्या ५८ पुगेको प्रहरीको तथ्यांक छ।