बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि महानगरका विद्यालय खुल्ने

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक र व्यवस्थापनलाई आग्रह गरेको छ। पछिल्ला घटनाक्रमका कारण बन्द भएका विद्यालयलाई सामान्य अवस्थामा फर्काउन यो कदम चालिएको हो।

महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार विद्यालयमा क्षति भए/नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्था बुझ्न र परिस्थिती सामान्य नहुँदासम्म बालबालिकालाई विद्यालयमा ल्याउन–लैजान सहजीकरण गर्न सूचनामार्फत अनुरोध गरिएको छ।

महानगरले चार बुँदामा विद्यालयलाई निर्देशन दिँदै यही भदौ ३० गते सोमबारदेखि मनोसामाजिक परामर्शसहित कक्षा सञ्चालन गर्न र विद्यालय आउन–जान नसक्ने विद्यार्थीलाई श्रव्यदृश्य माध्यमबाट पढाइ सञ्चालन गर्न आग्रह गरेको छ।