काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई पदभार ग्रहण गरेको अवसरमा शुभकामना दिएका छन्।
मोदीले सामाजिक सञ्जाल एक्समार्फत नेपाली र हिन्दी दुवै भाषामा शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको सम्बन्धप्रति भारतको अटूट प्रतिबद्धता दोहोर्याएका छन्।
उनले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशिला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।”
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
— Narendra Modi (@narendramodi) September 13, 2025