काठमाडाैं । नेकपा माओवादी केन्द्रले संसद विघटन गर्ने निर्णयप्रति असहमति जनाएको छ।
शुक्रबार बेलुकी शीतल निवासमा भएको छलफलबाट अन्तरिम सरकार गठन र संसद विघटन गर्न भएको सहमतिप्रति माओवादी केन्द्रले असहमति जनाएको हो।
अन्तरिम सरकार गठनको सहमति भएपछि माओवादी केन्द्रको पदाधिकारीको भर्चुअल बैठक बसेको थियो।
बैठकले उक्त सहमतिलाई मुलुकको संवैधानिक व्यवस्था विपरीत भनेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराइसकेका छन्।