काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनेको अवसरमा बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले देश अहिले अत्यन्त गम्भीर मोडमा रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि सबैले एकजुट भई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनका माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु नै अन्तरिम सरकारको प्रमुख दायित्व हुने धारणा व्यक्त गरे। साथै, प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन्।