काठमाडौं । जेन–जी आन्दोलनको मागअनुसार नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।
शपथ समारोह शीतल निवासमा आयोजित भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए ।
कार्कीलाई राष्ट्रपति पौडेलले आजै नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
संसद् विघटन गर्नुपर्ने जेन–जी आन्दोलनकारीको मागमा राष्ट्रपति पौडेल सहमत भएसँगै कार्की प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र निर्वाचन गर्नेगरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ।