चितवन । मुलुकमा सिर्जित असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले मंगलबार सूचना जारी गर्दै सो मितिसम्म सम्पूर्ण कक्षा सञ्चालन रोकिएको जानकारी दिएको हो ।
रजिस्ट्रार कार्यालय प्रमुख लिली थापा क्षेत्रीद्वारा जारी सूचनामा कात्तिक ११ गतेसम्मको विदा हिउँदे बिदाबाट कटौती गर्नेगरी समायोजन गरिने उल्लेख छ ।