बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नयाँ जीवन बीमा कम्पनीहरुको यस्तो छ बोनस दर

सोमबार, असार १६ २०७६

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले एक वर्षकै अवधिमा बोनस घोषणा गरेकाछन् । सञ्चालनको एक वर्षमै १० मध्ये सात कम्पनीले बोनस दर सार्वजनिक गरेका हुन् । 

 

प्रभु लाइफ, सिटिजन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले बोनस दर घोषणा गरेका छन् । यी मध्ये धेरैजसोले सात प्रतिशतसम्म बोनस घोषणा गरेका छन् । 

 

प्रभु लाइफ इन्स्योरेन्स ले प्रतिहजार ३० देखि ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को लागि बीमा समितिबाट बैशाख २९ गते स्वीकृति पाएर नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

 

नौं वर्षसम्मको बीमालेखको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष सम्मको लागि पनि ३० रुपैयाँ, १५ वर्ष देखि १९ वर्ष सम्मको लागि ४० रुपैयाँ, २० देखि १९ वर्ष सम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ७० रुपैयाँ बोनस दर घोषणा गरेको हो ।