शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ललितपुरको मन्त्री क्वार्टरमा आगजनी, हेलिकप्टरबाट मन्त्रीलाई सुरक्षित स्थानमा लगियो

मंगलबार, भाद्र २४ २०८२

 काठमाडाैं ।  ललितपुरको मन्त्री क्वार्टरमा पनि आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

मंगलबार बिहान ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा प्रवेश गर्दै आगजनी गरेका हुन्।

सेना तथा विभिन्न निजी हेलिकप्टरले त्यहाँ रहेका मन्त्रीलाई सुरक्षित स्थानतिर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले काठमाडौंका आकाशमा सेनाका हेलिकप्टर उडिरहेका छन् ।

सुरक्षाकर्मीले नियन्त्रण गर्न खोजेपनि आक्रोशित युवाहरू रोकिएका छैनन्।

अहिले प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।

यसअघि सोमबार भएको जेन–जी प्रदर्शनमा प्रहरी दमनका कारण १९ जनाले ज्यान गुमाएका थिए। त्यसयता देशभर आन्दोलन थप चर्किंदै गएको छ।