बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विराटनगरमा पनि कर्फ्यू आदेश

मंगलबार, भाद्र २४ २०८२

विराटनगर । जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ः०० देखि राति १०ः०० बजेसम्म महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज भएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजम सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नालगायत गतिविधिमाथि निषेध गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।

मोरङ जिल्ला प्रशासनले महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गर्दैै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।