काठमाडौं । मंगलबार दिउँसो राजधानीको गौशाला क्षेत्रमा प्रहरीले गोली चलाएको छ।
गौशाला प्रहरी वृत्त अगाडि भइरहेको प्रदर्शनका क्रममा ढुंगामुढा र तोडफोड बढेपछि प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ।
‘यहाँ गोली नै चलेको छ। वृत्तमा तोडफोड तथा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको हो,’ वृत्तकी एक महिला प्रहरी अधिकारीले बताइन्।
घटनापछि गौशाला क्षेत्र तनावग्रस्त बनेको छ भने अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको ।
प्रहरीको गोली लागेर २० जना बढीको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।