शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाका सबै सांसदले राजीनामा दिने 

मंगलबार, भाद्र २४ २०८२

 
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने तयारीमा छन्।

रास्वपा संसदीय दलको बैठकले यस सम्बन्धमा निर्णय गर्न लागेको छ। पार्टीका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जानकारी दिएका छन्।

संसद सदस्यले अनलाइनखबरसँग भनेका अनुसार, “विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा दिने तयारी गरेका हौं।”

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने अवस्थामा आफ्ना सांसदलाई राजीनामा गर्न तयार बस्न निर्देशन दिएका थिए।