काठमाडौं । आन्दोलनकारी युवाहरूले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
सुरक्षा अधिकारीका अनुसार, ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न नसकेपछि उनीहरूले कार्यालय कब्जा गरेका हुन्।
प्रदर्शनकारीहरूले मंगलबार मध्याह्न कांग्रेस कार्यालयमा आगजनी गरेका हुन्।
ढुंगामुढा गरेर झ्यालका सिसा तोडफोड गर्दै उनीहरूले आगजनी गरेका थिए।
यस्तै, प्रदर्शनकारीले बूढानीलण्ठस्थिति कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा पनि आगजनी गरेका छन् ।
मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।
जेनजी आन्दोलनमा सोमबार १९ जनाको मृत्यु भएपछि मंगलबार बिहानैदेखि आन्दोलन भइरहेको छ।