बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवा र प्रचण्ड निवासमा पुगे प्रदर्शनकारी

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । जेन–जी आन्दोलनमा प्रहरी दमनपछि आक्रोशित प्रदर्शनकारीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा पुगेका छन्।

प्रहरीले रोक्ने प्रयास गर्दा पनि उनीहरू गेटसम्म पुगेका थिए।

त्यसैगरी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्।

सरकारविरुद्ध चर्किएको आन्दोलनका क्रममा अर्थमन्त्री विष्णु पौडेलको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।
सोमबारको आन्दोलनमा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो।