काठमाडौं । जेनजीको प्रदर्शनपछि नेपालमा राजनीतिक हलचल तीव्र भएको छ। सोमबार भएको प्रदर्शनमा राजधानी काठमाडौंसहित इटहरीमा गरेर १९ जनाको ज्यान गएको छ ।
यसैबीच हिजो गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए भने मंगलबार कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारी र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि आफ्ना पदबाट राजीनामा दिएका छन्। उनीहरु तीनै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका थिए ।
उनीहरूले आफ्नो राजीनामामा सरकारको व्यवहार लोकतान्त्रिक मूल्यहरूको सट्टा सत्तावादी दिशातिर अघि बढिरहेको उल्लेख गरेका छन्।