काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायत मानवअधिकारकर्मी सडकमा उत्रिएका छन्।
उनीहरू घाइतेको अवस्था र आन्दोलनको परिस्थितिबारे जानकारी लिइरहेका छन्।
यसै क्रममा कलाकार मनोज गजुरेल लगायत अन्य कलाकारहरू पनि सडकमा उपस्थित छन् र हरेक अस्पतालमा घाइतेको अवस्था बुझ्न जाने तयारीमा छन्।