शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भक्तपुरमा पनि निषेधाज्ञा जारी 

मंगलबार, भाद्र २४ २०८२

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। आज बिहान ८ः३० बजेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञा अर्को आदेश नआएसम्मका लागि कायम रहनेछ। आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा भीड गर्न रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिकाभित्रको चार किल्लाभित्रका क्षेत्रमा कोही पनि मानिस आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाउने छैन।”

अधिकारले निषेधाज्ञा लागू हुने क्षेत्रको सीमा पनि तोकेका छन्। जडीबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला लगायतका क्षेत्रहरूलाई सिमाना मानेर अरनिको राजमार्ग, मनोहर पुल, कौशलटार, रोजभिलेज, बाखाबजार, कमलविनायक, खरिपाटी, च्यामासिंह, ताथली र देकोचा–चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा लागू हुने उल्लेख गरिएको छ।

प्रजिअ घिमिरेका अनुसार, स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै यो आदेश जारी गरिएको हो।