शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार आफैंले घुसपैठ गराएर निर्दोष युवामाथि दमन गरेकाे दुर्गा प्रसाईँकाे आराेप

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेन-जी प्रदर्शनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले मृतकको सम्झनामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

प्रसाईँले आन्दोलनमा घाइते भएका सबैको झापास्थित बि एण्ड सी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको बताएका छन्। उनले थप सहयोग आवश्यक परे सधैं जेन–जीसँगै रहने पनि बताएका छन्।

साथै, उनले सरकारको कडा दमन र घुसपैठलाई अक्षम्य अपराध भन्दै यस घटनालाई तिनकुने घटनासँग तुलना गरेका छन्। प्रसाईँले अन्यायविरुद्धको संघर्ष जारी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनले भनेका छन्, “तर, बच्चा मार्ने सरकार अझै सत्तामै बसिरहेको समाचारले रगत झन् उम्लिएको छ। यस पटकको आन्दोलनमा पनि सरकारले आफैं घुसपैठ गराएर निर्दोष युवामाथि दमन गर्नु अक्षम्य अपराध हो। अन्यायविरुद्धको संघर्ष जारी रहनेछ।”